नेकपा एमाले तानसेन ३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0 403

पाल्पा । नेकपा एमाले तानसेन वडा नम्बर ३ ले आउदै गरेको बिजया दशमी, शुभ दिपावली, छठ र नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार तानसेन पुष्पलालस्मृती भवनमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा पाल्पाका सचिवालय सदस्य तथा नगर सहइन्चार्ज गुराँस आत्रेयले बिजयोल्लासको पर्व विजयादशमीले एमाले कार्यकर्तामा उमंग ल्यायोस् भन्दै शुभकामना दिनुभयो । आत्रेयले पार्टीमा सामान्य समस्या देखिएको भए पनि कार्यकर्ताले आ–आफ्नो स्थानमा आ–आफ्नो जिम्मेवारी कुशलापुर्वक निर्वाह गरेमा एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने बताउनुभयो ।

नेकपा एमाले तानसेन वडा नम्बर ३ कमिटीका अध्यक्ष कृष्ण पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिवालय सदस्य ठाकुर लोहागुन, त्रिरत्नलाल शाक्य युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, तानसेन वडा न. ३ का अध्यक्ष महेशलाल शाक्य, नेकपा एमालेका नेता धनिश्वर बस्याल, चुरामणी पोखरेल, थानीमाया थापा, रुक्मागत बस्याल, रेनुका बस्याल लगायतले मन्तव्य दिदै सम्पूर्ण एमाले नेता कार्यकर्तामा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...