नेकपा पाल्पाका १ सय ४५ जनाले सपथ ग्रहण गरे

0 207

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको जिल्ला कमिटीका सदस्यहरूको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको जिल्ला कमिटीका सदस्यहरूलाई केन्द्रीय नेता दलबहादुर रानाले सपथग्रहण गराए । कमिटी १ सय ४५ सदस्यीय रहेको छ ।


प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज दलबहादुर रानाले आम कार्यकर्ता राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपले सशक्त बन्नुपर्नेमा जोड दिए । उनले वर्तमान प्रतिपक्ष नेपाली काङ्ग्रेसले जनतामा भ्रम मात्र सिर्जना गरिरहेको बताए ।सरकारले ल्याएको नीति तथा कार्यक्रममा टिप्पणी गर्ने भन्दा काङ्ग्रेस राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा अनावश्यक टिप्पणी गर्दै हिडेको उनको भनाई छ ।


नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्माले नेकपाको तात्कालिक कार्यनीति जनताको जनवाद भएकाले त्यसको अन्तर्वस्तु बुझेर लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको नेतृत्वमा सरकारले देशको समृद्धिमातर्फ समाजवादको आधार तयार गर्ने दिशामा उन्मुख भएको उल्लेख गरे । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जनप्रतिनिधि जनताप्रति पूर्ण रूपले इमान्दार हुनुपर्नेमा जोड दिए ।


नेकपाका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले ५ वर्षका लागि निर्वा्चित सरकारले स्थायी सरकार हो भन्ने भावनाका साथ पार्टीको विचार बुझेर कनम गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाको सरकारलाई असफल हुने छैन किनभने समाजवादको तयारी गर्ने अर्को विकल्प शक्ति छैन भने ।


प्रदेश सचिवालयका बलराम अधिकारीले जब पार्टी कमिटीहरू व्यवस्थित भएर चल्छ तब मात्र सरकार गतिका साथ चल्छ भने । कार्यक्रममा प्रदेश कमिटीका सदस्य राधाकृष्ण कडेलले स्वागत गर्दै लोभ मोहर स्वार्थबाट मुक्त भएर जनसेवाको भावनामा लाग्न आग्रह गरे । कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य नेत्रप्रसाद पाण्डेयले प्रदेश कमिटिको परिपत्रबारेमा जानकारी दिएका थिए । नेकपाका सचिव गिरबहादुर थापाको सञ्चालन र अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...