नेपाल कम्युनिष्ट पार्टी पुर्नगठन दिवसको अवसरमा पाल्पामा जनसभा सम्पन्न

0 152

 

मुक्ति गैरे । पाल्पा
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आज तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । आज पार्टी पुर्नगठन दिवसको अवसर पारि जनसभा गरेको छ ।

तत्कालीन प्रचण्ड नेतृत्वमा नेपाली जनक्रान्ति अधुरो,अपुरो र धोका भएको भन्दै बैध नेतृत्वमा २०६९ मा प्रचण्ड नेतृत्व छोडेका थिए । बैध नेतृत्वबाट पनि गोलचक्करमा फसेको भन्दै २०७१ मंसिर ८ गते आज कै दिन ३ बुँदे पत्र दिएर सम्बन्ध बिच्छेद गरि नेपाली कम्युनिस्ट आन्दोलनको पुर्नरगठन गरेको घोषणा महासचिव विप्लव नेतृत्वमा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी – माओवादी, नेपाल कम्युनिस्ट पार्टी(माओवादी) दाङ राष्ट्रिय भेला गरि आठौं महाधिवेशन गरेको थियो ।

तसर्थ उक्त पार्टी आजको दिनलाई क्रान्तिकारीहरु संगठित विद्रोह ऐतिहासिक भएको र नेपालमा पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको सुखद अवसर ठानी आजको दिनलाई पार्टी पुर्नगठन दिवस मनाउने गरेको छ । आज कै तत्कालीन माओवादि जनयुद्ध उत्कर्षमा पुगि जनमुक्ति सेना नेपाल पनि २०५८ मंसिर ८ गते स्थापना भएको थियोे । उक्त दिन पनि आफुहरुको महान दिन पनि भएको भनी स्मरण गर्ने गर्दछन् । यसै सन्दर्भमा आज नेपाल कम्युनिस्ट पार्टीले जिल्ला भरिबाट सदरमुकाम तानसेन पार्टी नेताकार्यकर्ताहरु उपस्थिति गराई पार्टी स्थापना दिवस मनाएको हो ।

उक्त स्थापनाको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले प्रचण्डहरुले क्रान्तिलाई धोका दिएको कारण हामी क्रान्तिकारीहरुले निरन्तरता आजकै दिन पुर्नर संगठित भई श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताउनुभयो । साथै उहाँले क्रान्तिकारी पंक्तिहरुलाई उक्ति जनक्रान्तिमा संगठित समेत अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज धिरेन्द्रा उपाध्यायले पछाडि पारिएका समुदायलाई मुलधारमा ल्याउनका लागि पार्टी लागिपरेको बताउनुभयो । नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य विजय बुढा मगर,अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लंक बहादुर राना,जनपत्रकार संगठन लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष मुक्ति गैरे, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द्र भट्टराई, नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना लगायतको उपस्थिति थियो ।

कार्यक्रममा शहिद परिवारका आकाशले पनि मन्तब्य राख्नु भएको थियो । भने स्वागत मन्तव्य जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीन बहादुर आले नेपालले राख्नु भएको थियो । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विकको संचालन र पार्टीका जिल्ला सचिव भुवन जिसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...