नेपाल कम्युनिष्ट पार्टी रम्भा गाउँ कमिटिको बैठक सम्पन्न

0 251

एवत सारु । (रम्भा) पाल्पा
नेपाल कम्युनिष्ट पार्टी रम्भा गाउँ कमिटि पाल्पाको पूर्ण चौथो बैठक सम्पन्न भएको छ । रम्भा गाउँपालिकाको ताहुँमा सम्पन्न बैठकमा पाल्पा जिल्ला कमिटीको बैठकको परिपत्र, पार्टीको गतिविधि सम्बन्धित रिपोर्टिङ्ग, सदस्यता नविकरण, पार्टीको ३ महिने अभियान तथा वडा कमिटि बैठक संचालन तथा कमिटी गठनबारे महत्वपूर्ण निर्णय गरेको छ ।


बैठकमा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य झपेन्द्रबहादुर जि.सी, विशिष्ट अतिथि प्रदेश कमिटि सदस्य राजेन्द्र विश्वकर्मा, जिल्ला कमिटि सदस्य मथुराप्रसाद ढकाल लगायतले पार्टीको अवस्था, भावी कार्यदिशा तथा पार्टी एकता पछिको अवस्थाबारे बोलेका थिए ।


वक्ताहरुले पार्टी एकीकरण पछि आम कार्यकर्तामा भावनात्मक तथा मनोवैज्ञानिक एकता कायम गर्न पार्टीले घरदैलो कार्यक्रम तय गरेकोले सबै कार्यकर्तालाई सक्रिय सहभागीताको लागि आव्हान गरे । बैठकले यही चैत्र ६ गते देखि १० गते सम्म रम्भा गाउँपालिका भित्रका सबै वडामा वडा कमिटिको बैठक बसी पार्टी सुदृढिकरण अभियान संचालन गर्ने, चैत्र १५ गते भित्र पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्य थप गर्ने, बैशाख महिनामा राजनैतिक वैचारिक प्रशिक्षण गर्ने, स्थानीय सरकारको आवधिक समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।


यसैगरि चैत्र, बैशाख र जेठ महिनामा घरदैलो कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम संचालन गरि पार्टी सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकमा गाउँ कमिटि सदस्यहरुले विकास निर्माण कार्य, जनप्रतिनिधिको भूमिका, केन्द्रिया तथा प्रादेशिका विषयका बारेमा जिज्ञासा राखेका थिए । बैठकमा कार्यालय सदस्य चेतबहादुर सुनारीले स्वागत मन्तव्य राखेका थिए । बैठक नेपाल कम्युनिष्ट पार्टी रम्भा गाउँ कमिटिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षता र सचिव योगेन्द्र गैरेको संचालनमा चलेको थियो ।

Comments
Loading...