पत्रकार बिसीको बुवाको उपचार सहयोगार्थ रकम हस्तान्तरण

0 359

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका शाखा सदस्य सुवास बिसीका बुवा लोक बहादुर बिसी बिकको दुबै मृर्गौला फेल बुटवलमा उपचाररत रहेकोमा उपचारका लागि आर्थिक अभाव भएपछि पत्रकार महासंघ पाल्पा शाखाले उहाँको उपचार सहयोगार्थ ३७ हजार रुपैयाँ प्रदान गरेको छ ।

महासंघको संस्थागत सहयोग ७ हजार र अन्य सदस्यहरुबाट संकलित ३० हजार गरि ३७ हजार रुपैयाँ सहयोग गरिएको शाखा अध्यक्ष रेखीराम रानाले बताए ।

त्यस्तै बिसीको बुवाको उपचार सहयोगार्थ गुल्मी सेवा समाज दोहा कतारबाट महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिना मार्फत उपलब्ध ४० हजार ७ सय २९ रुपैयाँ पनि प्रदान गरिएको छ । उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि समाजलाई अनुरोध गरिएको र समाजका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार झविन्द्र आचार्यको नेतृत्वमा रकम संकलन गरि उक्त रकम पठाउनुभएको सचिव तिमिल्सिनाले बताए ।

महासंघ अध्यक्ष रेखीराम राना, पुर्व अध्यक्ष तथा सल्लाहकार गोविन्द भट्टराई, उपाध्यक्ष भरत शर्मा, कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले उक्त रकम बिसिलाई हस्तान्तरण गरे । सोही अवसरमा पत्रकार बिसिले बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सहयोगी सबै ब्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गरे ।

Comments
Loading...