पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना र सचिवमा तिमिल्सिना निर्वाचित

0 359

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आगामी ३ बर्षको कार्यकालका लागि अध्यक्षमा रेखीराम राना निर्वाचित भएका छन् ।
प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष समेत रहेका रानाले बुधवार तानसेनमा भएको मतदानमा ५९ मत प्राप्त गरेका थिए । जम्मा ९२ मत खसेको मध्ये उनको निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीका केन्द्रीय सदस्य कमलराज तिमिल्सनाले २६ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिवसमेत रहेका जीवलाल सुवेदीले भने ४ मत प्राप्त गरेका छन् ।

सचिवमा ४२ मतसहित प्रेस चौतारीका यज्ञमूर्ति तिमिल्सिना निर्वाचित भएका छन् । त्यस्तै सचिवका अर्का उम्मेदवार चौतारीका सचिव कृष्ण कार्कीले ४१ मत पाए । पाल्पा समाचारपत्रका सम्पादक समेत रहेका तिमिल्सिना १ मतान्तरले बिजेता भएका हुन् । त्यस्तै सचिवका अर्का उम्मेदवार स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराइले ४ मत प्राप्त गरेका छन् ।
सहसचिवमा ४७ मतसहित प्रेस चौतारीकी रीमा सोमै निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी प्रेस चौतारीका नारायण न्यौपानेले ४१ मत पाएका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण पोखरेलले सबैभन्दा बढी ७५ मत प्राप्त गरेका छन् । भुवन रायमाझीले ४८, दुर्गेस मल्लले ४१ र सुनिल कार्कीले ४० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरु मध्ये मध्ये पोखरेल, रायमाझी र कार्कीका चौतारी सम्बद्ध हुन भने मल्ल प्रेस युनियन सम्बद्ध हुन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा भगवान् भण्डारी र देव पचभैया निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा प्रेस युनियनका भरत शर्मा र महिला उपाध्यक्षमा प्रेस चौतारीका सृजना घिमिरे सर्वसम्मत छन् । त्यस्तै समावेशी सहसचिवमा भने कृष्ण दर्नाल सर्वसम्मत भएका छन् । समावेसीतर्फ आदिवासी जनजातितर्फका अनिल लिगल, दलित तर्फ विजय वौडेल, अल्पसंख्यकतार्फका रनबहादुर कुमाल सर्वसम्मत सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै प्रदेश परिषद् सदस्यमा मिलन विश्वकर्मा र सुकुम नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । तस्बिरः बिकास काफ्ले

Comments
Loading...