पत्रकार महासंघ पाल्पालाई अक्सिमिटर हस्तान्तरण

0 170

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पालाई २५ थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । पाल्पाली संगम अमेरिकाबाट प्राप्त उक्त अक्सिमिटर स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रमुख चौधरीले कोरोना महामारीको समयमा सही सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्वपुर्ण भुमिका रहने बताए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले सामाजिक स्तरमा चेतना बृद्धि गर्दै कोरोना संक्रमितहरुको आत्मबल बढाउने गरि सञ्चारमाध्यमहरुले सूचना सन्देश प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने बताए ।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहयोगी ब्यक्तिहरुप्रति धन्यवाद ब्यक्त गर्र्दै पाल्पाली सञ्चार क्षेत्रले कोरोना महामारीको समयमा पनि स्थलगत रुपमा खटिएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको बताए । बिभिन्न स्थानीय तह, संस्था र ब्यक्तिहरुबाट उपलब्ध स्वास्थ्य सुरक्षा सामाग्री स्थलगत रुपमा खटिएर काम गर्ने पत्रकारहरुका लागि बितरण गर्दै आएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

पाल्पाली संगम काठ्माण्डौका अध्यक्ष पदम न्यौपानेले पाल्पाली संगम अमेरिकाको सहयोगमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्था लगायतलाई अन्य बिभिन्न सुरक्षा सामाग्रीहरु समेत बितरण गदै आएको बताए । पहलकर्ता पत्रकार माधव अर्यालले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुका लागि सहयोगी होस् भन्ने उद्देश्यले पाल्पाली संगमसित अनुरोध गरिएको बताए ।

Comments
Loading...