परीक्षणको दायरा बढेनः पाल्पामा १७ जना थपिए ७१ जना निको

0 526

पाल्पामा आइवार गरिएको परीक्षणमा १७ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै आइतबार नै पाल्पामा ७१ जनाले कोरोना जितेका छन् । बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजा अनुसार १० पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा बिगत ५ दिनदेखि संकलन गरि पठाइएका स्वावहरुको समेत परीक्षण हुन सकेको छैन । पुर्वी पाल्पाका बिभिन्न क्षेत्रमा संकलन गरि पठाइएका स्वावको रिपोर्ट नआउदा स्वाव दिएका ब्यक्तिहरुले गुनासो गरेका छन् ।

Comments
Loading...