पर्यटकीय स्थल मूलाबारीमा मोटरबाटो पुग्यो

0 292

एवत सारु
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटको मूलाबारी गाउँमा मोटरबाटो पुगेको छ । पर्यटकीय स्थल मुलाबारीमा मोटरबाटो पु¥याउन वडा कार्यालयले ५ लाख रुपिया बजेट विनियोजन गरेको थियो ।

गत वर्ष पनि ४ लाख रुपिया विनियोजन गरि बेलौजा थान बाट मोटरबाटो खन्न शुरु गरिएको थियो । बाटो पुगेपछि मुलाबारी पुग्न सहज भएको स्थानीय सुनीलकुमार सारुले बताउनु भयो । फोक्सिङ्गकोटको रिमीघा लेक, मुलाबारी र रानीबासलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने रम्भा गाउ‘पालिकाको नीति तथा कार्यक्रममा भएको वडा अध्यक्ष उमानसिं सारुले बताउनु भयो ।

मुलाबारीबाट रामपुर फॉट, हिमश्रृंखला, कालीगण्डकीको नागवेलीका साथै दक्षिण तर्फको पूरा भाग अवलोकन गर्न सकिन्छ । आफुहरु गत वर्ष देखि नै मूलाबारीमा सडक पु¥याउन लागि परेपनि यस वर्ष सफल भएको उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर सारुले बताउनु भयो । बेलौजाको सिद्घ थान देखि करिब २ किलोमिटर लामो बाटो खन्न स्थानीयवासीले श्रमदान समेत गरेका थिए ।

Comments
Loading...