पहिरोमा पुरिएको आंशकामा पिपलडाँडाका राजकुमारको खोजी कार्य जारी

0 534

पाल्पा । रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडाका एक जना पुरुषलाई पहिरोले च्यापिएको आशंकामा एक सातादेखि खोजी कार्य जारी रहेको छ । पिलडाँडाको शिखरडाँडामा गएको पहिरोले सोही स्थानका ३३ वर्षका राजकुमार थापामगर च्यापिएको आशंकामा स्थानीय बासिन्दा, प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले एक सातादेखि खोजी कार्य जारी राखेको शसस्त्र प्रहरी बल गुल्म पाल्पाका डिएसपी अरुणकुमार सिंहले बताए ।

शसस्त्र प्रहरी बलका इन्सपेक्टर हिराबहादुर बोहोराको नेतृत्वमा अहिले पनि खोजी कार्य जारी छ । इन्सपेक्टर बोहोरा सशस्त्र प्रहरी बल विपद् ब्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट विपद् ब्यवस्थापन तालिम प्राप्त र बिगतमा धेरै ठाउँ मा विपद ब्यबस्थापनमा सर्च एण्ड रेस्क्यु अप्रेशन संचालन गरेका अधिकृत समेत हुन् । पहिरो गएको स्थान अत्यन्त साँघुरो भएका कारण पहिरो हटाउन र खोजी कार्य गर्न समस्या भएको बताइएको छ ।

पहिरो गएको स्थानमा बेपत्ता मगरले बोकेको दाउराको भारी भेटिएपनि राजकुमारको अवस्था भने हालसम्म पत्ता लागेको छैन । हामीले विगत छ दिनदेखि पहिरो खनेर मान्छे खोजिरहेका छौँ तर अहिलेसम्म भेटाएका छैनौँ बोहोराले भने । स्थानीय बासिन्दाले हराईरहेका राजकुमार सोही पहिरोमा च्यापिएको हुन सक्ने आशंका गरेका छन् । भदौँ १५ गते घरबाट दाउरा काट्न निस्किएका राजकुमार एक सातादेखि हराएको प्रहरीले जनाएको छ । तस्विर सौजन्य  शसस्त्र प्रहरी बल पाल्पा गुल्म

Comments
Loading...