पाउडर दुधबाट बनाइएको खिर खाँदा पाल्पामा एकै गाउँका ५० जना बढी बिरामी

0 1,227

पाल्पा । जिल्लाको रामपुर नगरपालिका वडा ७ मा पितृ प्रसादको रुपमा पाउडर दुधबाट बनेको खिर खाएका एकै गाउँका ५० जना बढी ब्यक्तिहरु बिरामी भएका छन् । आइतबार दिउँसो पितृप्रसादको रुपमा खिर आएका अधिकांश बिरामी भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई झाडापखाला, ज्वरो र दिसामा रगत देखिएको छ । उनीहरु मध्ये १३ जनाको अवस्था गम्भीर रहेको रामपुर नगरपालिकाले जनाएको छ ।

स्थानीय मोहटी गाउँका मानबहादुर सुनारको निधन भएको १३ दिनको पितृ प्रसाद खाएका गाउँका ५० जना भन्दा बढीमा स्वास्थ्य समस्या देखिएको स्थानीय ओमबहादुर सुनारले बताए । उनीहरुले पितृ प्रसादको खीर, तरकारी र अचार खाएका थिए । पितृ प्रसाद खाएका उनीहरुमा झाडापखाला लाग्न सुरु भएपछि रामपुर अस्पतालमा उपचारका लागि गएका रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए । बिरामी मध्ये १३ जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको उनले बताए । अन्य बिरामीको रामपुर अस्पतालमै उपचार भइरहेको उनले बताए ।

खीर पाउडर दूधमा पकाइएको बताईएको छ । आइतबार खीर खाएका उनीहरूलाई पखाला लाग्ने, वाकवाकी लाग्ने र ज्वरो समेत आउन थालेपछि रामपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । यसरी बिरामी पर्नेहरुमा ८ देखि ६५ बर्ष उमेर समूहका रहेका छन् ।

Comments
Loading...