पाल्पाको चर्चरेमा ट्रक दुर्घटना, ३ जना घाइते

0 974

पाल्पा । पाल्पाको चर्चरेमा भएको ट्रक दुर्घटनामा परि ३ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका– ५ चर्चरेमा बुधवार दिउसो करिब ४ बजे पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु २ ख ४४९९ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि ट्रक चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका ९ का ४३ वर्षीय मोहन भट्टराई, रुपन्देही बुटवल १३ का ३० बर्षीय धिरज शाह, नवलपरासी प्रतापपुर ९ बस्ने बर्ष ३८ का रामराज च्यामर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।

सांकेतिक तस्बिर

Comments
Loading...