पाल्पाको निषेधाज्ञा भदौ २५ गतेसम्मलाई थपियो

0 1,459

पाल्पा । कोभिड महामारी थप फैलिन नदिनका लागि पाल्पामा जारी निषेधाज्ञा भदौ २५ गतेसम्मका लागि थपिएको छ ।
शुक्रवार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले भदौ निषेधाज्ञालाई भदौ २५ गते राति १२ बजेसम्मका लागि कायम गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

बैठकले सबै प्रकारका तालिम गोष्ठी, सभा सम्मेलन बिद्यालय सञ्चालन गर्न, सेमिनार गर्न मान्छेहरु जम्मा हुन, भिडभाड गर्न सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकूद सञ्चालन नगर्ने । सिनेमा हल, पार्टी प्यालेस, नाघर, क्लव, फुटसल, जिमखाना लगायतका सेवा नखोल्ने तथा सञ्चालन नगर्ने, बिबाह बर्तबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने त्यस्ता कार्यक्रमका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा अनपाउनुपर्ने र १५ जनाभन्दा बढी सहभागी हुन नपाईने, होटल रेष्टुरेन्ट चियाखाजा पसल चमेनागृह बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्ने, मठमन्दिरहरु तथा बिभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा बाहेक अन्य गतिबिधि नगर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

यो अवधिमा अत्यावश्यक दैनिक उपभोगका खाद्य सामाग्री बिक्री पसल, ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्री लगायतका अन्य सबै पसलहरु बिहानद ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सार्वजनिक सेवाहरु संचालन गर्दा तोकिएका सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड सेवा प्रावह गर्ने निकायहरु र सम्पूर्ण नागरिकहरुले अनिवार्य रुपमा पालना गर्ने, तोकिएका मापदण्डहरु पालना भए नभएको जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट निरन्तर रुपमा अनुगमन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
भगवती जात्रा, हरितालिका तिज लगायतका मेला पर्व र जात्राहरुमा पनि भिडभाड नगर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

Comments
Loading...