पाल्पाको निषेधाज्ञा १२ गते सम्म थपियो

0 1,829

पाल्पा ।  पाल्पामा गत बैशाख देखि जारी निषेधाज्ञा भदौ १२ गतेसम्म थपिएको छ । खुकुलो रुपमा भइरहेको निषेधाज्ञालाई सोही बमोजिम रहने गरि थप गरिएको हो । आज सम्पन्न जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले उक्त निर्णग गरेको हो ।

यो अवधिमा विहान ७ देखि ५ बजेसम्म उद्योग, कलकारखाना, पसल व्यवसाय खुल्नेछन्, यस्तै सार्वजनिक तथा नीजि सवारीहरु समेत संचालन हुनेछन् । तर साँझ ५ बजेदेखि विहान ७ बजेसम्म भने कुनै पनि पसलहरु संचालन गर्न पाइनेछैन । अत्यावश्यक सेवाहरु, औषधी पसल लगायतका सेवा भने सुचारु हुने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

निषेधाज्ञामा दिउँसो सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, इन्योरेन्स लगायतका सेवाहरु निरन्तर हुनेछन् । शैक्षिक क्रियाकलाप, सभा, गोष्ठी, धार्मिक कार्यक्रम, जुलुस, सम्मेलन लगायतका काम गर्न भने रोक लगाइएको प्रजिअ पाण्डेले बताउनुभयो । पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको दर बढेको छ । गाउँ गाउँमा लक्षण सहितका बिरामी प्रसस्त भएपनि परीक्षणको दायरा बढ्न सकेको छैन । बजारमा पनि मानिसहरुको निकै चहलपहल छ । बजार पसलहरुमा स्वास्थ्य सुरक्षा उपाय पूर्ण अपनाएको पाइएको छैन ।

Comments
Loading...