पाल्पाको निस्दीमा जिप दुर्घटना ३ जना घाइते

0 315

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका वडा नं. ५ गल्धामा शुक्रबार दिउँसो माल वाहक जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । निस्दी ५ बेलौजेमा सामान छोडेर रामपुर तर्फ फर्किदै गरेको लु १ च ९६२७ नम्बरको कठैडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा जीपका चालक निस्दी गाउँपालिका ३ भिरुवासका २१ वर्षिय ठबिन्द्र रुचाल, सहचालक निस्दी ३ झिरुबासकै १९ वर्षिय इन्द्र बहादुर खरु र जिपमा सवार निस्दी ३ झिरुवासकै २२ वर्षिय मोतिराम रुचाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । चालको अवस्था मध्यम र अन्य दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप सडक बाट १ सय मिटर तल खसेको छ ।

Comments
Loading...