पाल्पाको निस्दी गाउँपालिकाले ६० वर्ष पुगेका एकल पुरुषलाई पनि भत्ता दिने

0 245

पाल्पा । निस्दी गाउँपालिकाले ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने तयारी गरेको छ । प्रेस चौतारी नेपाल पाल्पाको आयोजना र नेकपा एमाले निस्दीको ब्यवस्थापनामा आईतबार भएको पत्रकार भेटघाट कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले अव छिटै यस सम्बन्धी कार्यबिधि बनाई भत्ता बितरण गरिने बताउनुभयो ।

उहाँले गाउँपालिकाले अव पहेलो कार्ड भएका अपांगता भएका ब्यक्तिहरुलाई पनि भत्ता बितरण गरिने बताउनुभयो । अध्यक्ष सारुले निस्दी गाउँपालिका कृषि, पशु र पर्यटनको सम्भावना रहेकोले सोही अनुरुप कार्यक्रम गरिने बताउनुभयो । यहाँ उत्पादित अदुवा बेसार गेडागुडी कोदो जस्ता बस्तुको ब्राण्डीङ गरी बिक्री बितरण गर्ने वातावरण मिलाइने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी जस्ता आधारभुत आवश्यकता सहित मानबिय र सामाजिक बिकासमा जोड दिइने बताउनुभयो । उहाँले छिटै निस्दीका सबै घरहरुलाई बिद्युतको राष्टिय प्रसारणमा जोडिने, एक घर एक धारा अभियान पुरा गरिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले महिलाहरुको हकहित एवम् सचेतनाका कार्यक्रमहरु सन्चालन गर्दै महिलालाई राज्यको मुल धारमा ल्याउन आर्थिक विकासमा जोड दिने बताउनुभयो । वडा नं. ६ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले स्थानीय सेवाग्राहीहरुलाई समयमै सेवा दिन र मानव संसाधनमा जोड दिने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष फत्तेसिं दर्लामीले भौतिक पूर्वाधार बिकास गर्न कार्ययोजना सहित कार्य सञ्चालन गरिने बताउनुभयो ।

वडा नं. ३ झिरुबासका वडाध्यक्ष नविन्द्र थापा सोतीले निर्वाचनको बेलामा गरेका प्रतिबद्धता अनुसार योजना तथा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । वडा नम्बर–४,मित्यालका वडाध्यक्ष सन्तबिर सुनारीले जनताको सेवा गर्न आएको भन्दै सदैब तत्पर रहेको बताउभयो । त्यसैगरी वडा नम्बर–५,गल्धाका वडाध्यक्ष दुर्ग बहादुर सोमैले सामुदायिक विद्युतको कार्यलाई समयमै सम्पन्न गरिने बताउनुभयो । नेकपा एमालेका निस्दी गाउँ कमिटीका अध्यक्ष नर बहादुर सुनारी, एमाले जिल्ला कमिटि सदस्यहरु भुवन थापा, मिम्श्री बयम्बु, हेम बहादुर खाम्चाले निस्दीको बिकासका कामहरुलाई जनप्रतिनिधिहरुको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले स्थानीय सरकारले गरेका नमुना कार्यहरुको प्रचारप्रसारमा सञ्चार क्षेत्रको पुर्ण सहयोग रहने बताउनुभयो ।

प्रेस चौतारी पाल्पाका जिल्ला उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा र सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...