पाल्पाको बगनासकालीले आफ्नै लोगो बनाउँदै

0 562

पाल्पा । बगनासकाली गाउँपालिकाले आफ्नो पहिचान सहितको लोगो बनाउन लागेको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार लोगो बनाएर पालिकाको इमेलमा पठाउन अनुरोध गरेको छ।

पालिकाले उत्कृष्ट लोगो बनाउनेलाई उचित पुरस्कार सहित प्रमाण पत्रले सम्मान गर्ने पालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । गाउँपालिकाको निर्णय अनुसार लोगो बनाउन आव्हान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीले बताए ।

Comments
Loading...