पाल्पाबाट एमाले महाधिवेशनमा ६ हजार बढी नेता कार्यकर्ता सहभागी हुँदै

0 395

पाल्पा । मंसिर १० गतेबाट सुरु हुने नेकपा एमाले दशौं केन्द्रीय महाधिवेशनमा पाल्पाबाट ६ हजार वढी नेता कार्यकर्ताहरु सहभागी हुने भएका छन् ।

चितवनमा हुने महाधिवेशनका सहभागीहरु बिहीवार बिहानैबाट जाने क्रम सुरु भएको छ । बिभिन्न पालिका र वडाहरुबाट गाडीहरु गइरहेका छन् । महाधिवेशनका लागि एक सय बढी ठूला गाडीहरु र त्यत्तिकै संख्यामा साना सवारीहरुमा पनि नेता कार्यकर्ताहरु महाधिवेशनका लागि सहभागीहरु जाने क्रम रहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो ।

नेकपा एमालेको दशौं केन्द्रिय महाधिवेशन यहि मंसिर १० देखी १२ गते सम्म चितवनमा हुँदैछ । एमालेले ५ लाख नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुने जनाएको छ ।

Comments
Loading...