पाल्पाबाट प्रेस चौतारीको केन्द्रीय सदस्यमा भण्डारी र तिमिल्सेना चयन

0 612

पाल्पा । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको सदस्यमा पाल्पाबाट भगवान भण्डारी र कमलराज तिमिल्सेना चयन हुनुभएको छ ।
भण्डारी यसअघि ३ पटक चौतारीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो भने २ कार्यकाल जिल्ला अध्यक्षको रुपमा रहनुभएको थियो ।

त्यस्तै तिमिल्सेना चौतारीको केन्द्रीय सदस्यमा १ पटक निर्वाचित हुनुभएको थियो भने २ पटक जिल्ला अध्यक्षको रुपमा रहनुभएको थियो । भण्डारी अध्यक्ष र तिमिल्सेना सचिब भएको बखत २०६० सालमा पाल्पामा भएको महाधिवेशन संगठनको इतिहासकै ऐतिहासिक महाधिवेशनको रुपमा चर्चा हुने गर्छ । त्यतिबेला प्रेस चौतारीको केन्द्रीय अध्यक्षमा पाल्पाकै शम्भु श्रेष्ठ रहनुभएको थियो । त्यतिबेला देखि नै पाल्पा शाखा नमुना र क्रियाशील शाखाको रुपमा परिचित छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जारी बिज्ञप्ती जारी गर्दै संशोधित बिधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाउनु भएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पुर्णता दिएको हो ।

भेलाले बिधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने ब्यवस्था गरेअनुसार संगठनबिरोधी गतिबिधिमा लागेर अनुशासनको कार्वाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निश्काशन गरी निम्न बमोजिमको केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरु कायम रहेको निर्णय भएको छ ।’

अनुशासनको कारबाहीमा परेर निष्कासन भएर पद खालि भएपछि चयन गरिएको बिज्ञप्तिमा जनाइएको छ । केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यबस्था छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको २०७७ माघ ८ गतेको राष्ट्रिय भेलाले बिधान संशोधनसहित केन्द्रीय कमिटी बिस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिइएको छ ।

Comments
Loading...