पाल्पामा असार २२ गतेसम्म निषेधाज्ञा, केही खुकुलो

0 1,261

पाल्पा । पाल्पामा जारी निषेधाज्ञा असार २२ गतेसम्मका लागि थपिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको डिसिसिएमसिको बैठकले यसअघिको निषेधाज्ञाको तुलनामा केही खुकुलो बनाएको छ । बैठकले सबै पसल खोल्ने निणर्य गरेको हो ।

यस्तै बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि ५ बजेसम्म नै खुल्नेछन् । यस्तै सबै खालका पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खुल्नेछन् । यस अघि अत्यावश्यकीय पसल पनि १२ बजेसम्म खुलेका थिए ।

जारी निषेज्ञालाई खुकुलो बनाउँदै १० दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १२ गते १२ सम्मको लागि कायम रहेको थियो । थप २२ गतेसम्मका लागि निषेधाज्ञाको निर्णय गरेको हो ।

यस्तै सार्वजनिक सवारी, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, होटल तथा रेष्टुराँ भने बन्द नै रहनेछन् । सार्वजनिक सवारीहरु समेत संचालन हुने छैनन् ।

Comments
Loading...