पाल्पामा आइतबार ३५ जनाको परीक्षण गरिएकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि

0 391

पाल्पा । पाल्पामा आइतवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बेलुकीसम्म रिपोर्ट अनुसार ३५ जनामा गरिएको कोरोना परीक्षणमा २४ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

योसँगै पाल्पामा ४ सय ३६ जनामा सक्रिय संक्रमित पुगेका छन् । सक्रिय संक्रमित बढेपछि गम्भीर स्वास्थ्य अवस्था भएर अस्पतालमा उपचार गर्ने संक्रमितको संख्या बढेको छ । तानसेनका अस्पतालमा अक्सिजन सहितको बेड पाउन समस्या भएको संक्रमितहरुको गुनासो रहेको छ ।

Comments
Loading...