पाल्पामा आइतवार २४ जना संक्रमित थपिए, १ सय ९ जना निको

0 229

पाल्पा । पाल्पामा आइतबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार नै १ सय ९ जना निको भएका छन् ।

थपिएका संक्रमितहरुमा १३ जना पुरुष र ११ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा हाल १ हजार २ सय ५२ जना सक्रिय संक्रमित रहेको उनले बताए । जिल्लामा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

Comments
Loading...