पाल्पामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

0 7,274

पाल्पा । कुटपिट गरि आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका– ८ पेलाचौरका ४३ बर्षीय कृष्ण बहादुर सारुलाई पक्राउ गरेको छ ।

बिहीवार सारुले मादक पदार्थ सेवन गरि सालको लठ्ठी प्रयोग गरि कुटपिट गर्दा उहाँकी आमा ६२ बर्षीया मेनु सारुको मृत्यु भएको थियो । उजुरीपछि आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।

Comments
Loading...