पाल्पामा इडिएफ कक्षा संचालन हुने

0 367

पाल्पा । पाल्पामै पहिलो पटक उद्यम बिकास सहजकर्ता (इडिएफ) को लेवल टु कक्षा संचालन हुने भएको छ ।
यसअघि देशका सबै स्थानीय तहहरुमा सरकारले इडिएफ माग गरे पनि कति पय स्थानीयहरुका लागि जनशक्ति पुरा हुन सकेको थिए ।

झिमरुक स्कील डेभलप्मेन्ट र भोकेश्नल कलेज तानसेन नगरपालिका वडा नं. १ गैरागाउँले हालै यो कक्षा संचालन गर्न लागेको कलेजका उपाध्यक्ष एन्जिना खनालले बताइन् । एसइई, दश जोड दुई तथा स्नातक उतीर्ण गरि बेरोजगारी अवस्थामा रहेका युवाहरुलाई रोजगारीको ग्यारेन्टीसहित यो कक्षा संचालन गर्न लागिएको उनले बताइन् ।

सिटिइभिटीबाट मान्यताप्राप्त यस कक्षामा सहभागी हुनका लागि यही फागुन १६ गतेसम्म इच्छुक ब्यक्तिहरुले आवेदन दिन सक्नेछन् । कक्षा फागुन १७ गतेबाट संचालन हुने बताइएको छ ।

Comments
Loading...