पाल्पामा एकैदिन २०० जनामा कोरोना पुष्टि

0 572

पाल्पा । पाल्पामा एकै दिन २०० जनामा कोरोना पुष्टि भएको छ । यो संख्या सम्भवत कोरोना कहर सुरु भएयताकै बढी हो । पछिल्लो २४ घण्टामा प्राप्त नतिजा अनुसार एन्टिजेन परीक्षणमा १९० जना र पिसिआर परीक्षणमा १० जना गरी २०० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

१९ जनाको पिसिआर र ७४६ जनाको एन्टिजेन गरी ७६५ जनाको परीक्षणमा २०० जना संक्रमित थपिएको पन्थीले बताए । पाल्पामा अहिले ५०८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको उनले बताए ।

Comments
Loading...