पाल्पामा एकै दिन थपिए २५ जना कोरोना संक्रमित

0 541

पाल्पा । पाल्पामा एकैदिन २५ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार पाल्पामा १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १। १ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

बुधवार २५ जना थपिएसँगै हालसम्म पाल्पामा १ हजार ५ सय ९ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये १ हजार २ सय ३७ जना निको भइसकेका छन् ।

Comments
Loading...