पाल्पामा एकै दिन १ सय ६६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ सय बढी

0 478

पाल्पा । पाल्पामा गत २४ घण्टामा थप १ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । ७६ जना पुरुष र ९० जना महिला गरी १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाकी स्रोत ब्यक्ति अनिता श्रेष्ठले बताउनुभयो ।

यो संख्या कोरोनाको तेस्रो चरण सुुरु भएदेखिकै उच्च हो । यो संगै पाल्पामा सक्रिय संक्रमितको संख्या ५ सय ४ पुगेको छ । सोमबार सबैभन्दा बढी तानसेनमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रामपुरमा १४, माथागढीमा ३, पूर्वखोलामा ९, रैनादेवी छहरामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । त्यस्तै रम्भामा १३, बगनासकालीमा २६, तिनाउमा २ र रिब्दीकोटमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार ७७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा र २३८ जनामा एनटिजीन गर्दा ११९ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । सक्रिय संक्रमितमध्ये ५ जनाको अस्पतालमा उपचार भईरहेको छ भने अन्य होम आइसोलेसनमा रहेका छन् ।

Comments
Loading...