पाल्पामा एकै दिन २८ जनामा कोरोना पुष्टि, जनप्रतिनिधिमा पनि संक्रमण भेटियो

0 2,054

पाल्पा । पाल्पामा एकै दिन २८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १९ जना तानसेन बजार क्षेत्रका हुन् । ९ जना रम्भा गाउँपालिकाका रहेका छन् ।

यस्तै तानसेनका अस्पतालबाट स्वाव लिएका ३ जना बिरामीमा पनि कोरोना देखिएको छ । उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् । तानसेनका सङक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकी ८ जनाको ट्राभल हिस्टी छैन । तानसेनको बतासेडाडा, कैलाशनगर, प्रभास, बर्तुङ बृन्दाबन, बिशालबजार लगायतका क्षेत्रमा लिइएका स्वाबको रिपोर्ट पोजेटिभ आएको हो । तानसेनका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनको वडा नं १ का २ जना, वडा नं. २ को १ जना, वडा नं. ६ को १ जना, वडा नं. ७ को ३ जना, वडा नं. ८ को २ जना, वडा नं. ९ को १ जना, वडा नं. १० को ४ जना, वडा नं. ११ को १ जना र वडा नं. १२ को २ जना सङक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

जसमध्ये एक जना वडा नं. ८ को कोरोनाबाट मृत्यु भएकी महिलाको श्रीमान् समेत रहेका छन् । रम्भाको वडा न. ३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो । तानसेनमा सङक्रमित हुनेहरूमा १४ पुरूष र ३ महिला रहेका छन् । अस्पतालबाट लिएको स्वावमा कोरोना पोजेटिभ देखिनेमा एक महिला र एक पुरूष रहेका छन् ।  तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तानसेनमा निषेधाज्ञा स्थगित भएसँगै मानिसहरुको चहलपहल बढेको र कोरोना फैलन सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

Comments
Loading...