पाल्पामा एकै दिन ४४ जना कोरोना संक्रमित थपिए

0 584

पाल्पा । पाल्पामा एकै दिन ४४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार थपिएका संक्रमितहरुमा माथागढी गाउँपालिकाका ५ जना, रामपुर नगरपालिकाका २१ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ जना, बगनासकाली गाउँपालिकाका १ जना, तिनाउँ गाउँपलिकाका २ जना र तानसेन नगरपालिकाका ११ जना रहेका छन् ।

अहिले जिल्लामा सक्रिय संक्रमित संख्या ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा कोरोनाकै कारण हालसम्म ३८ जनाको निधन भइसकेको छ ।

Comments
Loading...