पाल्पामा एमालेका उम्मेद्वारहरुले उत्साहपुर्वक उम्मेद्वारी दर्ता गरे

0 566

पाल्पा । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले निकट उम्मेद्वारहरुले जिल्लाका १० वटै स्थानीय तह सहित सबै वडाका लागि उत्साहपुर्वक उम्मेद्वारी दर्ता गराएका छन् ।

तानसेन नगरपालिकाको मेयरको रुपमा नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले उम्मेद्वारी दर्ता गराउनुभएको छ । त्यस्तै उपमेयरको लाािग शशि श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभयो । श्रेष्ठ यसअघिकी कार्यपालिकाको सदस्य समेत हुनुहुन्थ्यो । रामपुर नगरपालिकामा प्रमुखका लागि शिव अर्याल र उपप्रमुखमा दुर्गा रानाले उम्मेदवारी दर्ता गराउनुभयो । निस्दी गाउँपालिकामा अध्यक्षका लागि मुक्तबहादुर सारु र उपाध्यक्षका लागि तीरण श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभयो ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षका लागि नुनबहादुर थापा र उपाध्यक्षका लागि भागिरथी भट्टराईले उम्मेद्वारी दर्ता गराउनुभएको छ । रम्भा गाउँपालिकाको अध्यक्षका लागि विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका लागि राधादेवी श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभयो । बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती दर्लामी चिदी र उपाध्यक्षमा हरि पाठकले उम्मेद्वारी दर्ता गराउनुभयो । तिनाउ गाउँपालिकामा अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्षमा सावित्रा र माथागढीमा अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णु लुङ्चेले उम्मेद्वारी दर्ता गराउनुभयो । रिब्दीकोटमा अध्यक्षमा नारायणबहादुर जीसी र उपाध्यक्षमा लक्ष्मी खनालले उम्मेद्वारी दर्ता गराउनुभयो । रैनादेवी छहरामा रामबहादुर राउत र उपाध्यक्षमा गीता भट्टराई घिमिरेले उम्मेद्वारी दर्ता गराउनुभयो ।

बगनासकाली गाउँपालिकामा उम्मेद्वारी दर्ता पश्चात एमाले पोलिट्ब्युरो सदस्य ठाकुर गैरे, पार्टीका लुम्बिनी प्रदेश सदस्य देबीप्रसाद बस्याल, मोहन थापा लगायतका नेताहरुले एमालेले बगनासकालीमा जनताको भावना अनुसारका उम्मेद्वारहरु अगाडि सारेकोले पनि जित सुनिश्चित भएको बताउनुभयो ।

Comments
Loading...