पाल्पामा एमालेले खाता खोल्यो, पुर्वखोलामा वडा सदस्य निर्विरोध

0 1,778

पाल्पा । आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले पाल्पामा खाता खोलेको छ । पूर्वखोला गाउँपालिका वडा नं. ५ बीरकोटमा दलित महिला सदस्य निर्विरोध हुनुभएको हो ।

वडाको दलित महिला सदस्यका लागि एमालेकी पार्वती हिताङको मात्रै उम्मेद्वारी परेको छ । अन्य कुनै पनि दलले यो पदका लागि उम्मेद्वारी दिएका छैनन् । कन्दरा न्युजबाट साभार

Comments
Loading...