पाल्पामा कोरोनाबाट थप १ बृद्धको निधन, मृतक संख्या २१ पुग्यो

0 571

पाल्पा । पाल्पामा कोरोना संक्रमणकै कारण थप १ जनाको निधन भएको छ । रामपुर नगरपालिका वडा नं. १० का ८४ वर्षीय बृद्धको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पनथीले बताए । उनमा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको उनले बताए ।

यता मंगलबार पाल्पामा ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै पाल्पामा एक हजार ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य १ हजार २ सय ३७ जना निको भइसकेका छन् ।

Comments
Loading...