पाल्पामा कोरोनाबाट ५२ बर्षीय पुरुषको निधन

0 1,981

पाल्पा । पाल्पामा कोरोनाबाट ५२ बर्षीय पुरुषको निधन भएको छ । तानसेन स्थित वृद्धाश्रम आइसोलेसनमा रहेका ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो ।

तानसेन नगरपालिका वडा नं. ७ का उनलाई बिरामी भएपछि मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको र उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई भैरहवा बुटवलका अस्पतालमा थप उपचारका लागि पठाइएकोमा कुनै पनि अस्पतालले भर्ना नलिएपछि पुन पाल्पा फर्काइएको थियो । उनको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...