पाल्पामा कोरोना बिरूद्धको दोस्रो खोप लगाउन थालियो (कसको कुन दिन पालो ? सूची सहित)

0 463

पाल्पा । पाल्पामा पनि कोरोना बिरुद्धको दोस्रो डोज खोप लगाउन थालिएको छ । मंगलबारबाट यो अभियान सुरु भएको हो ।

माघ र फागुन महिनामा पहिलो डोजको कोरोना बिरूद्धको खोप लगाएका व्यक्तिहरूलाई दोस्रो खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

मंगलबार जिल्लामा क्रियाशिल पत्रकार र सुरक्षाकर्मीले खोप लगाएका छन् । जिल्लामा स्थानीय तहमा स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, विभिन्न अस्पताल, पाल्पा अस्पताल तथा रामपुर अस्पतालले खोप लगाएका हुन् ।
दोस्रो डोजको खोप यही ११ गतेसम्म लगाउने कार्यक्रम रहेको उनले बताए ।

Comments
Loading...