पाल्पामा कोरोना संक्रमणदर बढ्दो, सोमवार २६ जना थपिए

0 624

पाल्पा । पाल्पामा कोरोना संक्रमणदर बढ्दै गएको छ । जिल्लामा सोमबार २६ जना कोरोना सक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६७ जनाको स्वाब परीक्षण गरिएकोमा २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यसरी थपिएकाहरुमा अधिकांश भारतबाट आएका तथा केही कर्मचारी र जनप्रतिनिधिहरु समेत रहेका छन् ।

योसँगै पाल्पामा सक्रिय संक्रमितको संख्या १ सय ६४ पुगेको छ । कोरोनाकै कारण पाल्पामा हालसम्म ३९ जनाको कोरोनाका कारण निधन भएको छ । सोमबार पाल्पामा १४ जना कोरोना मुक्त भएको पन्थीले बताए ।

Comments
Loading...