पाल्पामा कोरोना संक्रमित थप १ जना महिलाको निधन

0 674

पाल्पा । पाल्पामा कोरोना संक्रमणका कारण थप १ जनाको निधन भएको छ । विहिवार कोरोनाको संक्रमणबाट थप एक जना महिलाको निधन भएको हो । तानसेन नगरपालिका– ३ निवासी ७८ वर्षीया एक महिलाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले बताए ।

स्वास्थ्यमा समस्या आएपछि लुम्विनी मेडिकल कलेजमा उपचाररत उनमा २९ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको माघ १ गते विहान निधन भएको हो । यो सँगै पाल्पामा पाल्पामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

Comments
Loading...