पाल्पामा क्वारेन्टाइनमा बसेर घर फर्किएका ४ जनामा पनि कोरोना देखियो

0 303

पाल्पा । भारतबाट फर्केर १४ दिन क्वारेन्टाइनमा बसि आरडिटि नेगेटिभ आएपछि घर गएका ४ जनामा कोरोना देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकामा यस्तो भेटिएको हो ।


माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको क्वारेन्टाइनमा बसेर आरडिटि परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका १ जना पुरुष, वडा नं. २ रुप्सेका १ जना पुरुष र वडा नं.७ रहवासका २ जना पुरुषमा पुनः पिसिआर परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले बताए ।


क्वारेन्टाइनको बसाई पनि पुरा गरेको र आरटिडि नेगेटिभ आएपछि उनीहरु घर फर्केर उनीहरु घरायसी तथा सामाजिक कार्यमा समेत सहभागी हुन थालेका थिए ।उनीहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको समेत पहिचान गरिरहेको जिसीले बताए ।

Comments
Loading...