पाल्पामा गठबन्धनबाट कसले कुन पालिकामा दिए उम्मेद्वारी ?

0 1,841

पाल्पा । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।

काँग्रेसको भागमा परेको माथागढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सन्तोष कुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराउनुभएको छ । रैनादेवी छहरा गाउँपालिकामा पनि गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराउनुभयो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै रम्भा गाउँपालिकामा गठबन्धनमा आवद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा भने नेकपा समाजवादीका उम्म्ेदवार दुर्गा प्रसाद अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
तानसेन नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लाल श्रेष्ठले प्रमुख र नेकपा माओवादीका उम्मेदवार प्रतिक्षा सिंजालीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभयो ।

रामपुर नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार रमण बहादुर थापा र उप–प्रमुखमा बालकुमारी थापाले उम्मेदवारी दिनुभयो । रिब्दीकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार नारायण बहादुर कार्कीले अध्यक्ष र काँग्रेसका उम्मेदवार कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

तिनाउ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार राजेश श्रेष्ठ र काँग्रेसका उम्मेदवार लालबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिनुभयो । यस्तै पूर्वखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार मिन गिरीले अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दिनुभएको छ । निस्दी गाउँपालिकामा गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्यालले अध्यक्ष र उपाध्यक्षमा नेकपाका उम्मेदवार रामप्रसाद खत्रीले उम्मेदवारी दिनुभयो । यस्तै बगनासकाली गाउँपालिमा गठबन्धनको तर्फबाट अध्यक्षमा काँग्रेसका जिल्ला सचिव सुनिता अधिकारी र उपाध्यक्षमा नेकपा एस (एकिकृत समाजवादी) का उम्मेदवार कमल पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Comments
Loading...