पाल्पामा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

0 562

पाल्पा । पाल्पामा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालकको निधन भएको छ । निस्दी ढुङ्गानाबेशीमा ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलौनीबाट ढुङ्गानाबेशीतर्फ आउदै गरेको लु ४ त ६९८१ नं. को खाली ट्याक्टरबाट ट्याक्टर सहचालक निस्दी ४ का १९ बर्षीय टेक बहादुर जर्घा मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनायो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई गएको उक्त सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण पचभैयाले बताए ।

Comments
Loading...