पाल्पामा घरमै बस्दै आएकी अर्की महिलामा कोरोना पुष्टि, आइतबार ३ जना थपिए

0 2,256

पाल्पा । जिल्लामा आइतबार थप एक जना महिलामा कोरोना पुष्टि भएको छ । तानसेन नगरपालिकाको मदनपोखराकी एक महिलामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार ज्वरो, रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि आएकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा थियो । आइतबार उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । आइतबार नै रामपुर नगरपालिकाका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

उनट्राभल हिस्ट्री पत्ता लगाइ थप ब्यक्तिहरुको समेत परीक्षण गरिने उनले बताए । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो । पाल्पामा हालसम्म ५ सय ६६ जनामा कोरोना देखिएको छ । जसमध्ये ५६४ जना भारत बाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ४ जना मात्रै रहेका छन् । अन्य ५६१ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

Comments
Loading...