पाल्पामा जारी निषेधाज्ञा साउन ३२ गतेसम्मलाई थपियो

0 450

पाल्पा । पाल्पामा साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिको एघारौ चरणको साउन २१ गते बसेको बैठकले पाल्पामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । यस अघि निषेधाज्ञा खुलाभएसँगै कोरोना संक्रमण दर बढेको भन्दै कडाइ गर्ने निर्णय भएको उनले बताए ।

बैठकले यस अघि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनहरु संचालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने लगायतको निर्णय भएको प्रजिअ पाण्डेले बताए ।

जारी निषेधाज्ञालाई ३२ गते राती १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय भएको छ । निषेधाज्ञामा होटलहरुले टेकवे सेवालाई प्राथामिकता दिनुपर्ने गरि निर्णग गरेको उनले बताए । बैठकले जात्रा, सभा, सम्मेलन गोष्ठी, मन्दिरमा भीडभाड लगायतका काम गर्न रोक लगाउने निर्णय गरेको छ । विद्यालय तथा शैक्षिक कार्यक्रम लाई समेत रोक लगाइएको उनले बताए । विश्वविद्यालयका तोकिएका परीक्षाहरु भने नियमित रुपमा नै संचालन हुने प्रजिअ पाण्डेले बताए ।

Comments
Loading...