पाल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

0 1,568

पाल्पा । पाल्पामा बोलेरो जिप दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउसो करिब पौने पाँच बजेको समयमा बुटवलबाट रामपुर तर्फ आउदै गरेको लु १ च ७७८० नम्बरको डवल क्याप बोलेरो जीप पाल्पाको तिनाउँ गाउँपालिका ५ चर्चरेमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परि जीप धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सुर्यप्रसाद श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनुभयो । दुर्घटनामा परि घाइते हुनेहरुमा जीप चालक निस्दी गाउँपालिका ४ का २७ बर्षिय खेम बहादुर खाम्चा र रामपुर नगरपालिका ३ बस्ने बर्ष ४६ का टुक नारायण श्रेष्ठ रहनुभएको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ३ सय मीटर तल खोलामा खसेको छ ।

Comments
Loading...