पाल्पामा टिप्परले बसलाई ठक्कर दिंदा ८ जना घाइते

0 4,566

पाल्पा । पाल्पामा टिप्परले बसलाई ठक्कर दिदा बसमा सवार ८ जना घाइते भएका छन् । पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग अन्र्तगत तानसेन ७ बाँसटारीमा बिहीवार साँझ ४ बजेतिर दुर्घटना भएको हो ।  पाल्पाबाट बुटवलका लागी छुटेको लोड बोकेको लु २ ख ३०६७ नम्बरको टिप्परले बुटवल बाट पाल्पाका लागि छुटेको लु १ ख ९९८२ बसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि बसका चालक रिब्दीकोट २ का ४५ बर्षिय केशब भटराई, रिब्दीकोट १ का २३ बर्षीय शालिकराम बिक, सोही स्थानका ५८ बर्षिय चन्द्र बहादुर सुनार, बुटवल उपमहानगर ३ रुपन्देहीकी १६ बर्षिया पुजा सुनार, पूर्बखोला गाउँपालिका ३ पाल्पाकी ३२ बर्षिया हिरादेबी राना, रिब्दीकोट गाउँपालिका ४ पाल्पाका ३४ बर्षिय शेर बहादुर थापा, तिलोत्तमा नगरपालिका ३, रुपन्देहीकी ७१ बर्षिया दुर्पता गैरे र नवरपरासी अस्नैया गणेशवस्तीका बस्ने ६ बर्षिय योगेश घर्ती घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...