पाल्पामा टिप्पर ठोक्किदा, १ जनाको मृत्यु ४ जना घाइते

0 782

पाल्पा । पाल्पामा टिप्पर ठोक्किदा एक जनाको निधन भएको छ भने ४ जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–२, लघुवामा दुई वटा टिप्पर र आपसमा ठोक्किदा रुरु गाउँपालिका–२, गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार दिउँसो तानसेन–तम्घास सडकखण्डमा तानसेनदेखि तम्घासतर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको टिप्पर र सोही दिशातर्फ गईरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको टिप्पर आपसमा ठोक्किएका थिए

टिप्पर दुर्घटनामा परि रुरु गाउँपालिका– २ का ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर घाइते भएका छन् । घाइते चारै जनाको उपचार अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । सिमेन्ट लिएर गुल्मी तर्फ जाँदै टिप्पर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी तथा सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
तस्बिरः बिनोद शर्माको फेसबुकबाट

Comments
Loading...