पाल्पामा ट्रक र कार ठोक्किदा ४ जना घाइते

0 2,735

पाल्पा । पाल्पामा ट्रक र कार ठोक्किदा ४ जना घाइते भएका छन् । माथागढी गाउँपालिका–१, अंगाहाखोलामा मंगलबार बिहान ट्रक र कार आपसमा ठोक्किदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ग २ च २०९४ नम्बरको कार आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी ट्रक सडकबाट करिव सय मिटर तल खसेको थियो । घटनामा परी भारत मोतिहारपुरका ४० वषका जिपरुला अन्सारी गम्भीर घाइते भएका छन् । यस्तै सोही स्थानकै ३९ वर्षका नजिर अन्सारी, २९ वर्षका गुल्सन अन्सारी, १५ वर्षका मिराज अन्सारी पनि घाइते भएका छन् ।

घाइतेहरु सबैको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

Comments
Loading...