पाल्पामा तितेपातीको तेल निकाल्न थालियो, तितेपाती प्रति केजी ८ रुपैयाँमा बिक्री

0 2,490

पाल्पा । तिनाउँ गाउँपालिका वडा नं. ३ झुम्सामा तितेपातीबाट तेल निकाल्ने कार्य सुरु भएको छ । स्थानीय जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले उक्त कार्य सुरु गरेको हो ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य बसन्त घर्ती मगर र नारायणप्रसाद आचार्यले एक कार्यक्रमका बीच उक्त कार्यको उद्घाटन गरेका छन् । सो अवसरमा प्रदेशसभा सदस्यद्वय घर्ती र जीसी, तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय स्तरमा त्यसै फालिएको तितेपाती बेचेर स्थानीले राम्रो लाभ लिन सक्ने बिश्वास ब्यक्त गरे ।

गाउँ ठाउँमा त्यसै फालिदै आएको तितेपातीलाई प्रशोधन गरी तेल निकाल्ने कार्य अगाडि बढेको सहकारी संस्थाका अध्यक्ष झपेन्द्रबहादुर जीसीले बताए । सहकारीले एक किलोग्राम तितेपातीलाई ८ रुपैँया मूल्य निर्धारण गरेको छ ।

एक लिटर तितेपातीको तेललाई कम्तिमा १० हजार रुपैँया पर्दछ । पाँच क्वीन्टल तितेपाती एक घान लगाएर पेल्दा १ लिटर तेल निस्कन्छ । यस क्षेत्रका बासिन्दाले १ दिनमा सरदरमा ३ हजार रुपैयाँसम्म आम्दानी लिन सक्नेछन् ।

हाल पुरानो प्रविधि अन्र्तगत दाउरा बालेर पानी तताई बाफले तितेपातीको तेल निकाल्ने गरिएको छ । नयाँ मेसिनको मुल्य ५० लाख पर्ने भएकोले यो मेसिन किन्न सहयोगीको खाँचो रहेको अध्यक्ष जीसीले बताए ।

Comments
Loading...