पाल्पामा थप एक जना कोरोना संक्रमित पुरुषको निधन

0 797

पाल्पा । पाल्पामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । रम्भा गाउँपाािलका–३ पिपलडाँडाका ७८ वर्षीय पुरुषको आइतबार बेलुकी सवा ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनस्थित मिसन अस्पतालमा उपचाररत ती पुरुषको तीन दिनअघि एनटीजिन परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Comments
Loading...