पाल्पामा थप १ युवामा कोरोना पुष्टि, समुदाय स्तरको संख्या ६ पुग्यो

0 798

पाल्पा । पाल्पामा बिहीवार समुदाय स्तरमा थप १ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको रम्भा गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

उनको बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । लुम्बिनी मेडिकल कलेज प्रभावमा गरिएको स्वाब परीक्षणका क्रममा उनका बावुमा कोरोना पुष्टि भएपछि छोराको पनि स्वाब संकलन गरि पठाइएको थियो ।

योसंगै पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८३ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा आह्वान गरेको छ । पहिलो चरणमा १२ गते (शुक्रबार) रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म कायम गरिएको छ ।

Comments
Loading...