पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, एकै दिन ९९ जना थप संक्रमित थपिए

0 1,046

पाल्पा । पाल्पामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रम्भा–४, का ७२ वर्षीय पुरुष र तानसेन–५, का ९१ वर्षीय पुरुषको मृत्यु स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा दुबै जना सक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी दीर्घ समस्या र तानसेनका मृतकमा मुटुसम्बन्धी दीर्घ समस्या रहेको थियो । एन्टिजेन परीक्षण गर्दा दुबैजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले बताउनुभयो ।

पाल्पामा कोरोना संक्रमणको दर तीव्र हुँदै गएको छ तर उचित स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेको पाइदैन । बजारमा समेत लापरबाही बढेको छ । पाल्पामा बिहीबार ९९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै पाल्पामा सक्रिय संक्रमितको संख्या ७ सय पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments
Loading...