पाल्पामा नवजात शिशुको मृत्युदर बर्षेनी बढ्दो

0 315

पाल्पा । पाल्पा पाल्पामा गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि बिभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरु संचालन हुँदै आएपनि नवजात शिशुको मृत्युदर भने बढ्दो रहेको छ । खासगरि जिल्लाका ग्रामीण क्षेत्रहरुमा अहिले पनि बालबिबाह न्युनीकरण हुन सकेको छ । बालबालिकाहरुले नै आफु खुशी बिहे गर्ने गरेका छन् । कतिपय अवस्थामा त अभिभावककै मञ्जुरीमा बालबिबाह हुने गरेको छ ।

बालबिबाह, बालिका गर्भवती उनीहरु मार्फत जन्मने बच्चा स्वस्थ्य नहुने, जन्मिएको बच्चा पनि केही दिन मृत्यु हुने लगायतका समस्याहरु हुने गरेका छन् । पालिकाहरुले बजेटमा स्वास्थ्य क्षेत्रका लागि बढि प्राथमिकता दिई बजेट बिनियोजन गर्दै आएको जनाएपनि त्यसको खास प्रभाव देखिएको छैन । स्वास्थ्य संस्थामा जनशक्ति थपिएका छन्, उपकरण थपिएका छन् तर समुदाय स्तरमा गहिरो गरि प्रभाव छैन । त्यसको उदाहरण भनेको बढ्दो शिशु मृत्युदर पनि हो ।

पाल्पामा शिशु मृत्युदर बार्षिक रुपमा बढ्दो छ । स्थानीय तहहरुले बिभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएपनि प्रभावकारी हुन सकेको छैन । चेतना बिकास र सहयोगका बिभिन्न कार्यक्रमहरु संचालन हुँदै आएका छन् तर खास त्यसको प्रभाव शिशु मृत्युदर न्युनीकरणमा परेको देखिदैन । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५,०७६ मा जन्मेको २८ भित्रका ९ शिशुको मृत्यु भएको थियो । आर्थिक बर्ष २०७५,०७६ मा ५ हजार ६ सय ३७ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शिशुको दर १.६० प्रतिशत रहेको छ ।

२०७६,०७७ मा ११ शिशुको मृत्यु भएको छ । यो बर्षमा कुल ५ हजार ३ सय २२ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शुशुको दर २.०७ प्रतिशत रहेको छ । त्यस्तै २०७६,०७७ को अवधिको तुलनामा २०७७,०७८ मा दोब्बर शिशुको मृत्यु भएको छ । यो आर्थिक बर्षमा २२ जना शिशुको मृत्यु भएको छ । यो बर्ष ४ हजार ६ सय १ शिशु जन्मेकोमा शिशु मृत्युदर ४.७८ प्रतिशत रहेको छ ।   सुत्केरी गराउन स्वास्थ्य संस्थामा नजाने र शिशु बिरामी भएमा घरेलु उपचार गराउने गर्दा यो दर बढेको स्वास्थ्य बिज्ञहरुको भनाई छ । अहिले स्थानीय तहहरुले धमाधम स्वास्थ्य चौकीहरुमा पनि बर्थिङ सेन्टर संचालन गरेका छन् । बर्थिङ सेन्टरसम्म सुत्केरी हुन आउनेहरुका लागि सरकारले सहयोग पनि गर्दै आएको छ तर पाल्पामा भने अझै पनि घरमै सुत्केरी हुने क्रम देखिन्छ । यस बिषयमा जनचेतना फैलाउन सम्वन्धित पालिकाका स्वास्थ्य शाखाहरुले पटक्कै सकेका छैनन् ।  तस्बिरःगुगल

(पाल्पा समाचारपत्र बर्ष ११ अंक ११ को सम्पादकीय)

Comments
Loading...